काठमाडौं, २ जेठ– पहिलो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत आइतबार भएको मतदानको मतगणना जारी छ ।
अहिलेसम्म १८ ठाउँको नतिजा सार्वजनिक भएको छ । जसमा नेकपा माओवादी केन्द्रले सबैभन्दा बढी ७ ठाउँमा जीत हासिल गरेको छ भने नेपाली कांग्रेसले ६ र नेकपा एमालेले ६ ठाउँमा जित हासिल गरेको छ ।
कांग्रेसले जीत हासिल गरेका स्थानहरुः बुङ्दीकाली गाउँपालिका (नवलपरासी): दुर्गाबहादुर राना
तमानखोला गाउँपालिका (बाग्लुङ): जोकलाल बुढा
नार्फु गाउँपालिका (मनाङ): मिङ्मा छिरीङ लामा (निर्विरोध)
नोशाङ गाउँपालिका (मनाङ): चन्द्र घले
थाकसाङ गाउँपालिका (मनाङ): बुद्धिप्रसाद शेरचन
कुशे गाउँपालिका (जाजरकोट): हरिश्चन्द्र बस्नेत
एमालेले जीत हासिल गरेका स्थानहरुः ठूलीभेरी नगरपालिका (डोल्पा): गणेशबहादुर शाही
शेफोक्शुण्डो गाउँपालिका (डोल्पा): तसी तुन्डुक गुरुङ
काइके गाउँपालिका (डोल्पा): अंगद राना
नेस्याङ गाउँपालिका (मनाङ): कान्छा घले
चामे गाउँपालिका (मनाङ): लोकेन्द्र बहादुर घले
घरपझोङ गाउँपालिका (मुस्ताङ): आशबहादुर गुरूङ
माओवादीले जीत हासिल गरेका स्थानहरुः मुडकेचुला गाउँपालिका (डोल्पा): दतबहादुर शाही
जगदुल्ला गाउँपालिका (डोल्पा): नरसिंह रोकाया
शिवालय गाउँपालिका (जाजरकोट): लालबहादुर थापा
गौठीचौर गाउँपालिका (जुम्ला): हरि बहादुर भण्डारी
सान्नि जेवेगी गाउँपालिका (कालिकोट): डम्वरबहादुर शाही
ताजकोट गाउँपालिका (हुम्ला): बाग्दुल मल्ल
हिमा गाउँपालिका (जुम्ला): राज बहादुर साही
स्वतन्त्र उम्मेदवारले जीत हासिल गरेको स्थानः दालोमे गाउँपालिका (मुस्ताङ): राजु विष्ट