०३ साउन २०८३, आइतबार

अन्तरिक्षमा प्रदूषण कम गर्न अब काठबाट बनेका स्याटलाइट लञ्च गरिने

पुस १३, २०७७
अन्तरिक्षमा प्रदूषण कम गर्न अब काठबाट बनेका स्याटलाइट लञ्च गरिने

कोरोनाबीच पनि यस वर्ष अन्तरिक्षमा कैयौं मिशन शुरु गरिएका छन् । जापान यसमा सबैभन्दा अगाडि छ । उसले छिट्टै काठबाट बनेको स्याटलाइट लञ्च गर्ने बताएको छ । 

जापानका अनुसार यसबाट स्पेसमा प्रदूषणमा रोक लगाउन सकिन्छ । यसलाई इको फ्रेण्डली स्याटलाइट भनिएको छ । यसलाई २०२३ सम्म लञ्च गरिने बताएको छ । 

पर्यावरणलाई लिएर निकै संवेदनशील रहेको जापानले स्पेस प्रदूषण नियन्त्रणका लागि पनि काठको स्याटलाइट ल्याउने भएको हो । 

क्योटो विश्वविद्यालय र सुमिटोमो फरेस्ट्रीले मिलेर यसमा काम पनि शुरु गरेका छन् । प्रदूषण रोक्नका लागि यो सबैभन्दा उत्तम उपाय बताइएको छ । ​

स्टालाइट स्थापित गरेर एक अर्कासँग अघि बढ्ने प्रतिस्पर्धामा अहिलेसम्म २३ हजारभन्दा धेरै मानवनिर्मित कवाड स्पेसमा जम्मा भएका छन् ।

स्याटलाइटमा अधिकतम काठको प्रयोग गरेर पनि स्पेसमा कसरी सुरक्षित पठाउन सकिन्छ भन्ने विषयमा वैज्ञानिक सोध गरिरहेका छन् ।

स्पेसमा पठाएपछि यसलाई त्यही नष्ट गर्न पनि सकिन्छ र पृथ्वीमा ल्याएर पुनः प्रयोग गर्न पनि सकिनेछ । जापानले आगामी तीन वर्षमा काठको स्याटलाइट स्पेसमा लञ्च गर्ने घोषणा गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्