३० जेठ २०८३, शनिबार

दिनदहाडै सडकमा गोली हानेर महिलाको हत्या, दैनिक १५ जना महिलाकाे जान्छ ज्यान !

दिनदहाडै सडकमा गोली हानेर महिलाको हत्या, दैनिक १५ जना महिलाकाे जान्छ ज्यान !

ब्राजीलको साओ पाउलोमा दिनदहाडै एक महिलाको हत्या गरिएको छ । कार्यालयबाट घर जाँदै गरेकी महिलालाई दिउँसै सडकबीचमा गोली हानेर हत्या गरिएको छ ।

उक्त घटनाको भिडियो सीसीटिभीमा पनि कैद भएको छ । ३४ वर्षीया एना पाउलाको गोली हानेर हत्या गरियो र घटनास्थलबाटै हत्यारा फरार भएका छन् । 

हत्यारा पहिले उनलाई एक कुनामा बसेर कुरिरहेका हुन्छन् । जब पाउला आउछिन् उनीमाथि गोलीको वर्षात हुन्छ ।

घटना छानबिन गरिरहेका अधिकारीका अनुसार पहिलो गोली टाउकोमा र दोस्रो गोली घाँटीमा हानिएको थियो । 

डेलिमेलको रिपोर्ट अनुसार हत्याराले एना पाउला द सिल्वाको मृत्यु भइसकेको पत्तो पाएपछि हत्यारा घटनास्थलबाट भागेका हुन् ।

अहिलेसम्म प्रहरीले न हत्यारालाई पक्राउ गर्न सकेको छ, न उनको हत्याको कारणबारे नै पत्ता लगाउन । 

मेक्सिको पब्लिक सेक्यूरिटी एण्ड क्रिमिनल जस्टिस सेन्टरको एक अध्ययनअनुसार ब्राजीलमा दैनिक करिब १० देखि १५ जना महिलाको हत्या हुने गरेको छ ।

ब्राजील विश्वको सबैभन्दा ठूलो पर्यटकीय गन्तव्य हो । तर यहाँ अपराधिक गतिविधि पनि उत्तिकै हुन्छन् । एक रिपोर्टअनुसार यहाँ १९९७ देखि २००८ सम्म मात्रै ४१ हजार ५ सय ३२ महिलाको हत्या भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्