०३ साउन २०८३, आइतबार

ग्याङ्स अफ ड्रग्सवाली महिलाः तरन्नुमको पहिलो रात रुँदै बित्यो !

पुस १३, २०७७
ग्याङ्स अफ ड्रग्सवाली महिलाः तरन्नुमको पहिलो रात रुँदै बित्यो !

ड्रग्सवाली महिला प्रीति अर्थात काजल जैनपछि उसको र्याकेटमा संलग्न तरन्नुम अर्थात आफीन खानलाई प्रहरीले निरन्तर सोधपुछ गरिरहेको छ । विजयनगर थानामा तरन्नुमले पहिलो रात रुँदै बिताइन् ।

प्रहरीको सोधपुछका क्रममा उनले रुँदै भनिन्, ‘मलाई केही पनि थाहा छैन ।’ उनको सामाजिक सञ्जालमा भएको च्याट र फोन कलबारे प्रहरीले जाँचबुझ गरिरहेको छ ।

अरुसँग पनि सम्पर्क हुनसक्ने भन्दै छानबिन भइरहेको प्रहरीले जनाएको छ । ड्रग्सको दुनियाँमा आफीनलाई ‘आई क्यान्डी’ का नाममा चिनिन्छ । 

प्रहरीले अहिलेसम्म ड्रग्स माफियासँग जोडिएका १९ आरोपीलाई पक्राउ गरिसकेको छ । तरन्नुमलाई शनिबार अदालतमा प्रस्तुत गरेपछि म्याद थप गरेर अहिले सोधपुछ गरिरहेको छ । 

तरन्नुमले प्रहरीको बयानमा भनिन्, ‘यशको सम्पर्कमा आएपछि नै गिरोहमा सामिल भएकी हुन् । मैले कैयौंपटक नशा लिएँ । अधिकतर पपमा जाने गर्थेँ । केटाहरुसँग नाच्न गाउन मलाई राम्रो लाग्थ्यो ।’

तरन्नुम प्रीति जैनका छोरा यशसँग सम्पर्कमा रहेकी छन् । दुवै सामाजिक सञ्जालमा लामो समयदेखि कुराकानी गर्दै गरेको प्रहरीले पाएको छ । उनीहरुको कुराकानीका आधारमा प्रहरीले तरन्नुमलाई हिरासतमा लिएको हो । 

तर, उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छन् । छाटो कपडा लगाएर पपमा जाने र त्यहाँ हाइ प्रोफाइल युवालाई रिझाउँदै ड्रग्स दिने काम आफीनले गर्दै आएको प्रहरीले बताएको छ । 

प्रीति आफू एमडीएमए र कोकिन सेवन गर्ने गर्थिन् । यसै ड्रग्सलाई महँगो रकममा युवकलाई बिक्री गर्ने गर्थिन् । आफीन खान र उनकी रुम पाट्नर मीरालाई प्रहरीले श्रीनगरस्थित एक फ्ल्याटबाट नियन्त्रणमा लिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्