०५ साउन २०८३, मंगलबार

पुरानो टिभी सेटबाट कुकुरका लागि घर, तस्वीर शेयर भएपछि सामाजिक सञ्जालमा भाइरल !

पुरानो टिभी सेटबाट कुकुरका लागि घर, तस्वीर शेयर भएपछि सामाजिक सञ्जालमा भाइरल !

एक युवकले एक यस्तो अनौठो काम गरेका छन् । जसलाई देखेर सामाजिक सञ्जालमा सबैले तारिफ गरेका छन् ।

अभिजीत दोवराह नामका युवाले पुरानो टिभी सेटको प्रयोगबाट कुकुरका लागि घर बनाएका छन् । 

उनले आफ्नो उक्त कामको तस्वीर इन्स्टा एकाउन्टमा राखेका छन् । यो तस्वीर हेर्ने जति सबैले उनको कामका लागि धन्यवादका साथै प्रशंका गरेका छन् । 

अहिले यही कामका कारण सामाजिक सञ्जालमा उनको चर्चा भइरहेको छ । अभिजीतले चिसोको मौसम र वर्षातलाई मध्यनजर गर्दै सडक किनारामा कुकुरका लागि बस्ने व्यवस्था मिलाएका हुन् । 

यी टिभीसेट पुरानो मोडलका छन् । अहिले अधिकांशको घरमा नयाँ एलइडी लगाइएका छन् । पुराना टिभीसेट त अब केवल कवाडखानामै देखिन्छन् ।

मानिसहरु नयाँ प्रविधिसँगै पुराना सेटहरु फ्याँक्दै आएका छन् । उनले तिनै पुराना टिभी सेटको प्रयोगबाट सडक किनारामा कुकुरका लागि बस्ने घर बनाएका छन् । जसलाई यो चिसो मौसमबाट बचाउन निकै मद्दत गर्नेछ ।

​अभिजीतले इन्स्टामा तस्वीर शेयर गर्दै भनेका छन्, ‘पछिल्लो केही समयदेखि देखिरहेको थिए, चिसो र वर्षातमा कुकुरहरू निथ्रुक्क काँपिरहेका हुन्थे । कैयौं कुकुर त गाडी मुनि कुल्चिएर पनि मरेका छन् । एक दिन मैले साँचे कि यिनीहरुको लागि घर बनाउनुपर्छ भनेर । मैले केही टिभी सेटको सहयोगले उनीहरुको लागि बस्ने घर बनाए । यो कामले मेरो मनमा निकै सन्तुष्टि प्राप्त भएको छ ।’

कमेन्ट गर्नुहोस्