
काठमाडौं २ जेठ– सोमबार दिउँसोबाट शुरु भएको काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । १ नम्बर वडाबाट शुरु गरिएको मतगणना सकिएसँगै अब (नयाँ) ३२ नम्बर वडाबाट मतगणना शुरु भएको छ ।
३२ नम्बर वडाको मतगणना सुरु गर्दा कांग्रेसको अग्रता देखिएको छ । ३२ वडाका ५० भोट गन्दा कांग्रेसले १५, एमालेले १३, विवेकशीलले १२, माओवादीले ३ र साझा पार्टी समर्थित किशोर थापाले १ भोट पाएका छन् ।
५० मध्ये ६ भोट बदर भएको छ । अहिलेसम्म एमालेका विद्यासुन्दर शाक्य २४३ सहित पहिलो स्थानमा छन् । त्यस्तै उनलाई साझापार्टीका किशोर थापा १६९ मतसहित पछ्याइरहेका छन् । कांग्रेस १५३ ल्याउँदा रञ्जु १२० मतल्याएका छन् ।