०२ साउन २०८३, शनिबार

जातीय वा धार्मिक शब्द टाँसे सिधै गाडी जफत !

पुस १३, २०७७
जातीय वा धार्मिक शब्द टाँसे सिधै गाडी जफत !

व्यक्तिगत सवारी साधनमा धर्म वा जात लेख्ने बानी छ ? यदि यसो हो भने सावधान हुनुहोस् । 

यस्ता धार्मिक र जातीय पहिचान सवारीमा ठूलो अक्षरले लेख्नेलाई अब सरकारले कारबाही गर्ने भएको छ । 

तर, यो नियम नेपालमा भने होइन । भारतको उत्तर प्रदेश सरकारले सवारीमा जातीय सूचकका शब्द लेख्नेलाई कारबाही गर्ने भएको छ । 

प्रदेश सरकारले जातीय सूचक जस्तै राजपूत, ब्राह्मण, यादव, जाट, क्षेत्रीय आदी शब्द लेख्नेलाई जेलको हावासम्म खुुवाउने चेतावनी दिएको छ । 

प्रदेश सरकारका परिवहन आयुक्तले सवारी साधनमा यस्ता शब्द नलेख्न निर्देशन दिँदै यदि यस्तो गरेको पाइएमा बाइक वा कार जे भए पनि जफत गर्ने चेतावनी दिएको छ । 

महाराष्ट्रका एक शिक्षक हर्षल प्रभुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई उल्लेख गर्दै एक पत्र लेखेका थिए । 

जसमा उनले सवारी साधनमा यस्ता धार्मिक र जातीय शब्द लेख्नाले साम्प्रदायिकता भड्काउन प्रोत्साहन गर्र्ने बताएका छन् । 

प्रधानमन्त्री कार्यालयले उक्त गुनासो योगी सरकालाई पठाएको छ । पत्र आएपछि परिवहन आयुक्तले यस्ता शब्द लेख्नेको सवारीसाधन सिधै कब्जा गर्ने चेतावनी दिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्