२७ जेठ २०८३, बुधबार

प्रचण्डसँग चिनियाँ टोलीको भेटवार्ता, आजै नेपालसँग पनि भेट्ने

प्रचण्डसँग चिनियाँ टोलीको भेटवार्ता, आजै नेपालसँग पनि भेट्ने

चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ एचौसहितको टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ ।

प्रचण्डलाई भेट्न चिनियाँ टोली बिहान खुमलटारस्थित निवासमा पुगेको थियो । चिनियाँ टोली र प्रचण्डबीच पौने १० बजेदेखि भेटवार्ता शुरू भएको हो ।

चिनियाँ टोलीले प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको नेकपा स्रोतले बतायो । 

प्रतिनिधि सभा विघटन तथा नेपालमा कम्युनिस्ट पार्टी विभाजनसम्मका घटनाक्रम भएका बेला चिनियाँ कम्युनिस्ट पार्टीको टोली आइतवार नेपाल आएको थियो ।

टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग हिजो साँझ भेटवार्ता गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्