
काठमाडौं, ३ जेठ - चितवनको भरतपुर महानगरपालिकामा एमाओबादी तथा कांग्रेसकी उम्मेदवार रेणु दाहाल फराकिलो मत अन्तरसहित अघि लागेकी छन् । उनले १२ सय २८ मत ल्याउँदै गर्दा एमालेका देवि ज्ञवालीले ६८५ मत ल्याएका छन् । विहान सम्म अघि लागेका ज्ञवालीलाई दाहालले एक्कासी पछि पारेकी हुन् । अहिले चितवनमा दुई ठाउँमा मतगणना भइरहेको छ ।