३० जेठ २०८३, शनिबार

छेपारोजस्तै रंग बदल्न माहिर विश्वका पाँच विचित्र जीव

पुस १३, २०७७
छेपारोजस्तै रंग बदल्न माहिर विश्वका पाँच विचित्र जीव

छेपारोको रंग बदल्ने गुणबाट सबै परिचित छन् । आफ्नो प्रकृतिको विशेषताले छेपारो निकै चर्चित छ । मानिसहरु उखानका रुपमा पनि प्रयोग गर्दछन्, ‘छेपारोजस्तै रंग बदल्ने’ भनेर । 

यद्यपि रंग बदल्नेमा छेपारो मात्रै होइन, दुनियाँमा अन्य जीव पनि छन् जो रंग बदल्नमा माहिर छन् । रंग बदल्दै कोही शिकार गर्छन् त कोही शिकारीबाट बच्न सफल हुन्छन् । 

समुद्री घोडा

समुद्री घोडा एक विचित्रको जीव हो । जो रंग बदल्नका लागि माहिर हुन्छ । यो जीव कसैको त्रासका कारण कि आफ्नो भावना व्यक्त गर्न रंग बदल्ने गर्दछ ।

समुद्री घोडामा क्रोमोटोफोर नामको एक तत्व हुन्छ । जो यसलाई रंग बदल्नमा सहयोग गर्दछ । 

यति मात्रै होइन, त्रसित हुँदा पनि यो जीवन केही सकेन्डमै आफ्नो रंग बदल्नमा सक्षम हुन्छ । अधिकांश यो जीव आफ्नो साथी भेटिएपछि रंग बदल्ने गर्छ । 

मिमिक अक्टोपस 

मिमिक अक्टोपस एक समुद्री जीवन हो । जो छेपारोजस्तै आफ्नो रंग बदल्नमा माहिर हुन्छ । यो एक निकै बुद्धिमान जलीय जीव हो ।

प्राय यो जीव प्रशान्त महासागरको क्षेत्रमा पाइन्छ । यो कुनै परिस्थितिमा आफूलाई ढाल्न सक्षम हुन्छ । आफ्नो लचीलो छालाका कारण यसले आफ्नो आकार र रंग बदल्ने गर्छ । 

स्कार्पियन माछा

यो माछा एक विचित्र जीवनमा पर्दछ । यस माछाले आफ्नो शिकार गर्नेबेला रंग बदल्ने गर्छ । रंग बदल्न माहिर स्कार्पियन माछो निकै विषालु हुन्छ ।

यसको मेरुदण्डको हड्डीमा खतरनाक विष हुन्छ । त्यसैले यसलाई समात्नेबेला निकै सावधानी अपनाउनपर्छ । थोरै गल्तीले पनि क्षणभरमै कसैको ज्यान जानसक्छ । 

गोल्डेन कछुवा

गोल्डेन कछुवा एक सानो किरा हो । यो जीवलाई यदि कसैले छोएमा या छुने कोशिस गरेमा तत्कालै यसले आफ्नो रंग बदल्ने गर्दछ ।

वास्तवमा यसले त्रासका कारण आफ्नो शरीरको रंग बदल्छ । गोल्डेन कछुवा सुनौलो रंगकै हुन्छ । निकै सुन्दर पनि देखिन्छ ।

खास अवस्थामा यसले आफ्नो रंग रातो चम्किलो पनि बनाउँछ । यसका शरीरको रंग बदलिएसँगै आसपासको रंग पनि सोही अनुरुपको देखिन्छ । 

प्यासिफिक ट्री फ्रग 

प्यासिफिक ट्री फ्रग उत्तरी अमेरिकामा पाइन्छ । यसको खुट्टा निकै चिपचिप गर्ने खालको हुन्छ ।

यो भ्यागुतो आफ्नो आसपासमा कुनै खतराको महशुस हुनेबित्तिकै शरीरको रंग बदल्ने गर्छ । रंग बदलेर कुनै रुख वा विरुवामा चिप्किहाल्छ ।

यति मात्र होइन यो भ्यागुताले मौसम अनुसार पनि शरीरको रंग बदल्ने गर्दछ । 

salt training

कमेन्ट गर्नुहोस्