

काठमाडौं, २ जेठ — रामेछाप जिल्लाको लिखु गाउँपालिकाको अध्यक्षमा एमालेका गाविन्द खड्काले अग्रता लिएका छन् । उनले एक हजार ४५ मत प्राप्त गरेका छन् भने कांग्रेसका चन्द्र राउतले ८६६ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । माओवादी केन्द्रका ध्रुव कार्की ४१५ मतका साथ तेस्रो स्थानमा छन् ।
उपाध्यक्षमा पनि एमालेकै अग्रता छ । उसले एक हजार ७६ मत पाएको छ भने कांग्रेसले ७७२ मत प्राप्त गरेको छ । माओवादी ४७३ मतका साथ तेस्रो स्थानमा छ ।