नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देशमा संवैधानिक संकट र राजनीतिक संकट निम्तिनुमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालपछि राष्ट्रपति विद्या भण्डारी दोषी रहेको आरोप लगाएका छन् ।
साथै उनले संवैधानिक राष्ट्रपतिको भूमिकाबारे पहिलो राष्ट्रपति डा. रामवरण यादवसँग ट्युसन पढ्न राष्ट्रपति भण्डारीलाई सुझाव समेत दिएका छन् ।
‘गणतन्त्र नेपालको पहिलो राष्ट्रपति ललितपुरको बागडोलमा बस्नुहुन्छ, संवैधानिक राष्ट्रपति भएर कस्तो काम गर्नुपर्छ भन्ने कुरा ज्ञान लिनका लागि डा. रामवरण यादवसँग पढ्नुस्, ट्युसन पढ्यो भने थाहा हुन्छ, प्रतिकूलतामा राष्ट्रपतिले के गर्नुपर्छ’ शर्माले भने ।
पहिलो राष्ट्रपति यादवले नेताहरूसँग भेट गरे पनि दहीचिउरा खुवाएर संविधान बनाउन आग्रह गरेको उनले स्मरण गरे ।
‘एउटा राष्ट्रपति त्यो देशले भोग्यो, हलुंगो फूल बोकेजस्तै भएको थियो, अहिले भारी भएको छ, शीतल निवासमा गरम–गरम भएको छ,’ शर्माले भने ।