२६ जेठ २०८३, मंगलबार

साझाको अध्यक्षसहित तीन सञ्चालक सदस्यका लागि निर्वाचन प्रक्रिया शुरु

साझाको अध्यक्षसहित तीन सञ्चालक सदस्यका लागि निर्वाचन प्रक्रिया शुरु

साझा प्रकाशनको यही पुस २५ गते तय गरिएको २४ औँ साधारणसभामा अध्यक्षसहित तीन सञ्चालक सदस्यका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ ।

निर्वाचनका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया शुरु भएको छ भने यही पुस १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिका सदस्य–सचिव होमनाथ भट्टराईले जानकारी दिए ।

कूल एक हजार ४५७ अंशियार (शेयर सदस्य) रहेको भाषा–साहित्यको सो ऐतिहासिक संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिको अध्यक्षमा पहिलो पटक निर्वाचन हुन लागेको हो ।

 विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्षको नियुक्ति हुने गरेको थियो । तीन सञ्चालक सदस्यमध्ये एक महिला अनिर्वाय हुनुपर्नेछ । यसैगरी लेखा सुपरीवेक्षण समितिका एक संयोजक र दुई सदस्यका लागि निर्वाचन हुनेछ । उम्मेदवारबीच सहमति नभएमा यही पुस २१ गतेदेखि २४ गतेसम्म निर्वाचनका लागि समय निर्धारण गरिएको छ ।

संस्था आर्थिक रुपमा गिर्दाे अवस्थामा रहेकाले आपसमा मिलेर बचाउनुपर्ने भावनाका साथ सहमतिमा सञ्चालक समिति चयनका लागि अनौपचारिक पहल जारी रहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्