२६ जेठ २०८३, मंगलबार

वामदेव हामीसँगै हुनुहुन्छ, केपी ओलीसँग अब एकता सम्भावना छैनः प्रचण्ड

वामदेव हामीसँगै हुनुहुन्छ, केपी ओलीसँग अब एकता सम्भावना छैनः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष वामदेव गौतम आफूहरूसँगै रहेको दावी गरेका छन् । गौतम र आफूबीच निरन्तर सम्पर्क रहेको भन्दै प्रचण्डले उनको जोड अझैपनि एकतातर्फ रहेकाले मात्रै तैपनि मिलाउन सकिन्छ कि भनेर तत्काल कतैपनि नखुलेको दावी गरे ।

‘उहाँले सकिन्छ भने मिलाउनु पर्छ भनेर लाग्नुभएको छ । हामीले पनि उहाँको चाहनालाई सम्मान गर्दै समर्थन गरेका छौं’, सोमबार एक टेलिभिजन अन्तर्वार्तामा प्रचण्डले भने, ‘वामदेवजीले पहल गर्छु भन्नु भएको छ । उहाँ आफ्नै ढंगले सोच्ने नेता हुनुहुन्छ । हामी भन्दा टाढा हुनुहुन्न ।’

जनयुद्ध कालदेखि नै आफ्नो वामदेवसँग विशेष खालको सम्बन्ध रहेको स्मरण गर्दै प्रचण्डले  भने, ‘जसले हिजो युद्धलाई शान्तिमा रुपान्तरण गर्न भूमिका खेल्नु भएको छ । युद्ध मैदानमै गएर गणतन्त्रमा जाने लाइनमा हस्ताक्षर गराउनु भएको छ । उहाँ हामीबाट टाढा जाने कुरा छैन ।’

तर, प्रचण्डले तत्काल केपी ओलीसँग एकता सम्भव नभएको पनि बताए । ‘कमिजोरीप्रति पश्चाताप गर्नुभयो भने संसद् भंग भएकोमा पश्चाताप गर्नुभयो भने पार्टी एकता असम्भव छैन’, उनले भने, ‘ओलीबाट यो सम्भव छैन । राजनीति हो अब २÷४ वर्षपछि हुनसक्छ । अहिले सम्भव देख्दिनँ । केपीजीले इतिहासको कलंकको टीका लगाइसक्नुभयो’
प्रचण्डले ओलीले विघटन गरेको संसद् पुनःस्थापना कुनैपनि हालतमा हुनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्