
चितवन, २ जेठ–भरतपुर महानगरपालिकामा मतगणना जारी रहेको छ । जसअनुसार अहिलेसम्म वडानम्वर १ को १५ सय ७५ मत गणना भएको छ ।
जसमा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले ७६१ र माओवादी केन्द्रकी रेणु दाहालले ६०५ मत ल्याएकी छन् । त्यस्तै उपमेयरतर्फ एमालेका दिव्या शर्माले ६२३ र माओवादी–कांग्रेसका तर्फकी पार्वती शाहले ६४० मत ल्याएकी छन् ।