०४ साउन २०८३, सोमबार

माओवादी पृष्ठभूमिका ४ दलबीच रणनीतिक संयुक्त मोर्चा बनाउने सहमति

माओवादी पृष्ठभूमिका ४ दलबीच रणनीतिक संयुक्त मोर्चा बनाउने सहमति

नेकपा माओवादी पृष्ठभूमिका ३ दल र अर्को कम्युनिस्ट पार्टीबीच राजनीतिक निकासका लागि संयुक्त रणनीतिक मोर्चा बनाउने सहमति भएको छ ।

भूमिगत अवस्थामा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चा बनाउने सहमति भएको हो । 

४ दलले मंगलवार एक विज्ञप्ति प्रकाशित गरी सहकार्यको घोषणा गरेका छन् । उनीहरूले अहिलेको संसदीय व्यवस्थाले निकास नदिने भन्दै संघीय जनगणतन्त्र र वैज्ञानिक समाजवादको स्थापना गर्नुपर्ने धारणा राखेका छन् ।

विप्लव, वैद्य र आहुती पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीबाट फुटेर गएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्