२३ असार २०८३, मंगलबार

साउथ सिनेमाका चर्चित अभिनेता अरुणको हृदयघातबाट मृत्यु

पुस १४, २०७७
साउथ सिनेमाका चर्चित अभिनेता अरुणको हृदयघातबाट मृत्यु

यस वर्ष बलिउडका लागि फिल्म निर्माणमा मात्रै होइन, कैयौं कलाकारको निधनले पनि उत्साहजनक देखिएन ।

कैयौं ठूला सेलिब्रेटीले आत्महत्या गरे भने, कैयौंको गम्भीर रोगका कारण मृत्यु भयो । यस्तै सोमबार एक अर्का फिल्म अभिनेताको मृत्यु भएको छ ।

तमिल फिल्म अभिनेता तथा डबिङ आर्टिस्ट अरुण अलेक्जेन्डरको मृत्यु भएको छ । ४८ वर्षको उमेरमा सोमबार उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

हृदयघातका कारण उनको मृत्यु भएको हो । फिल्म निर्देशक लोकेश नागराजले ट्वीट गर्दै अलेक्जेन्डरको मृत्यु भएको जानकारी दिएका हुन् ।

अरुणको अन्तिम फिल्म गत वर्ष निर्माण भएको ‘मास्टर’ आउँदो वर्ष रिलिज हुने भएको छ । जहाँ विजय मुख्य भूमिकामा देखिँदैछन् । 

तमिल फिल्म उद्योगका चर्चित कलाकार हुनुका साथै अरुणले कोलामाबु कोकिला, कैथी र बिगिल जस्ता फिल्ममा पनि काम गरेका छन् ।

यसवर्ष केवल हिन्दी फिल्म उद्योगमा मात्रै होइन, साउद फिल्म उद्योगले पनि कैयौं चर्चित कलाकारलाई गुमाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्