
किसान आन्दोलनको असर पञ्जावका मोबाइल टावरमा देखिएको छ । रिपोर्टअनुसार अहिलेसम्म पञ्जावका करिब एक हजार पाँचसय मोबाइल टावरमा क्षति पुगेको छ ।
कैयौं मोबाइल टावरको बिजुली काटिएको छ भने, कैयौं तोडफोड र जलाउने काम भएको छ ।
कृषि कानुनविरुद्ध आन्दोलनरत किसानले मुकेश अम्बानी र गौतम अडाणीका कम्पनीमाथि निशाना बनाइएको आरोप लगाइएको छ ।
यसअघि किसानमाथि रिलायन्स पेट्रोल पम्प र रिलायन्स रिटेलमा आफ्नो आक्रोश पोखेको आरोप थियो ।
पछिल्लो केही दिनयता मोबाइल टावरको तार काट्ने, बिजुलीको लाइन काट्ने र आगो लगाउने घटना सार्वजनिक भएका छन् ।
किसान कानुनका कारण सबैभन्दा बढी फाइदा उद्योगपति मुकेश अम्बानी र गौतम अडाणीको कम्पनीलाई भएको किसानको तर्क छ ।
यस कारण पनि किसानको निशानामा अम्बानी र अडाणीका कम्पनी परेको बताइएको छ ।
पीटीआईका अनुसार शनिबार सम्म एक हजार चारसय टावरमा क्षति पुगेकोमा सोमबार साँझसम्म १५ सय बढी टावरमा आक्रमण गरिएको छ ।