१९ असार २०८३, शुक्रबार

देशभर ७०८ कोरोनाका नयाँ संक्रमित थपिए

देशभर ७०८ कोरोनाका नयाँ संक्रमित थपिए

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा सातसय आठ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६१३५ जनाको गरिएको पीसीआर परीक्षणमा ७०८ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ७३१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५१ हजार ३ सय १२ जना छन् । नेपालमा निको हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार आठसय ४० पुगेको छ । 

गत २४ घण्टामा काठमाडौं उपत्यकामा २७८ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ३२४, भक्तपुरमा २२ र ललितपुरमा ५२ जना संक्रमित थपिएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्