
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको वैधानिकता र सूर्य चिह्नको कुरा घामजस्तै छर्लंग रहेको बताएका छन् ।
उनले १ सय जना केन्द्रीय सदस्य बसेर १२ सय जनाको केन्द्रीय समिति बनाउने भनी गरेको निर्णय नौटंकी भएको समेत टिप्पणी गरे ।
‘पार्टीको वैधानिकता र सूर्य चिह्नको कुरा घाम झैँ छर्लङ्ग छ, केन्द्रीय कमिटीका ७० प्रतिशत सदस्य निर्वाचन आयोगमा गएर आवश्यक परे ३०० जना लाइन बस्न तयार छौं भनेका छौं,’ मंगलवार काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभामा प्रचण्डले भने, ‘प्रतिक्रान्तिकारीहरूले जे पनि गर्छन्, १०० को वरिपरि बसेर केन्द्रीय समिति १२ सय पुर्याउने जस्तो नौटंकी के हुन्छ ?’
कार्यक्रममा प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरूको भएको बताए ।