
मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा अर्को रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । प्रधानमन्त्री केपी ओलीले गत १० पुसमा मन्त्रिपरिषद् पुनर्गठन तथा हेरफेर गरेपछि सोमबार पनि अधिवक्ता लोकेन्द्र ओलीलगायतले रिट दायर गरेका थिए ।
मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन संविधान विपरित रहेको दावी सहित रिटमा त्यसको बदर माग गरिएको छ ।