१९ असार २०८३, शुक्रबार

काठमाडौँ उपत्यकामा ३९८ थपिए, हालसम्म कति निको भए ?

काठमाडौँ उपत्यकामा ३९८ थपिए, हालसम्म कति निको भए ?

काठमाडौँ उत्यकामा थप ३९८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमा १५६ महिला तथा १४२ पुरुष रहेका छन् । योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या एक लाख २० हजार ७७९ पुगेको छ । आज थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ३२४, ललितपुरका ५२ तथा भक्तपुरका २२ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । 

हालसम्म काठमाडौँमा ९६ हजार ७८५, ललितपुरमा १५ हजार १६९ तथा भक्तपुरका आठ हजार ८२५ सङ्क्रमित भएका छन् । तिमध्ये काठमाडौँमा ९३ हजार ३७४, ललितपुरमा १४ हजार ६५९ तथा भक्तपुरमा आठ हजार ५६० सङ्क्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौँमा ४६९, ललितपुरमा १४६ तथा भक्तपुरमा १०० जनाको कोरोनाबाट ज्यान गएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्