२२ जेठ २०८३, शुक्रबार

लागुऔषध कारोबारमा संलग्न दुई महिला पक्राउ

लागुऔषध कारोबारमा संलग्न दुई महिला पक्राउ

सुर्खेत प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्री वितरणमा संलग्न दुई महिलालाई पक्राउ गरेको छ । 

लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिका–८ बाट पक्राउ गरेको छ ।

वडा नम्बर ८ मा बस्ने शान्ति सिंहको घरमा खानतलासी गर्दा ब्राउनसुगरसहित उनीसहित कौशिला सिंहलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । 

मंगलबार राति १० बजेतिर शान्ति चसिंहको घरबाट १४ ग्राम ९७० मिलिग्राम ब्राउनसुगर र नेपाली रुपैयाँ २१ हजार ५ सयसहित दुवै जनालाई पक्राउ गरिएको हो ।

उनीहरु दुवै जना लागुऔषध कारोबारी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्