०८ साउन २०८३, शुक्रबार

पाकिस्तानमा ८ लाख पोर्न साइट बन्द

पुस १५, २०७७
पाकिस्तानमा ८ लाख पोर्न साइट बन्द

पाकिस्तानमा सिनेटको एक समितिले देशमा ८ लाख पोर्न साइट बन्द भएको बताएको छ । साथै पोर्न साइट हेर्नेको संख्यामा पनि कमी आएको बताएको छ । 

पाकिस्तानी मिडियामा प्रकाशित एक रिपोर्ट अनुसार पाकिस्तान दूरसञ्चार प्राधिकरणका अध्यक्ष मेजर जनरल आमिर अजीम बाजवाले सिनेमा यो जानकारी दिएका हुन् । 

उनले चाइल्ड पोर्नोग्राफीमाथि आफ्नो अध्ययन पेश गर्दै देशमा ८ लाख पोर्न साइट बन्द गरिएको जानकारी दिए । दुई हजार तीनसय ८४ बालबालिका पोर्नोग्राफीमा संलग्न रहेको पनि उनले बताए । 

गुगलले पनि पाकिस्तानमा पोर्न साइटमा कमी कसरी आयो भनेर सोधेको उनको भनाइ छ । उनले भने, ‘हामीले आठ लाख पोर्न साइट बन्द गरेका छौं । यो अभियान अझै जारी छ ।’ 

पाकिस्तानका बालबालिका सम्बद्ध अश्लील सामग्रीमा रोक लगाउनका लागि निरन्तर इस्टरपोल लागिपरेको पनि उनले जानकारी गराए ।

उनले भने, ‘पाकिस्तानबाट पोर्न भिडियो अपलोड गरिएको जानकारी छैन। तर, भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क) र प्राक्सीमार्फत हेर्ने गरिएको छ ।’

हालसम्म पीटीएले ११ हजार प्राक्सी ब्लग गरिसकेको छ । भिपिएनमाथि पनि निगरानी राख्न नयाँ तरिकाल अपनाइएको जनरलले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्