०४ असार २०८३, बिहीबार

२३ वटा स्थानीय तहको नतिजा आयो – पहिलो कांग्रेस, दोस्रो एमाले (सूचीसहित)

कात्तिक २०, २०७४
२३ वटा स्थानीय तहको नतिजा आयो – पहिलो कांग्रेस, दोस्रो एमाले (सूचीसहित)
काठमाडौं, ३ जेठ – स्थानीय निर्वाचनको मतपरिणामा आइरहँदा एमालेलाई उछिनेर कांग्रेस उकालो लागेको छ । हाल सम्म २३ वटा स्थानीय तहको नतिजा प्राप्त भएकोमा एमालेको सुरुवाती अग्रतालाई रोक्दै कांग्रेस उकालो लागेको हो ।

हाल सम्म कांग्रेसले ९ वटा तहमा आफ्नो जित सुनिश्चित गरिसकेको छ भने पछि पछि रहेको एमालेले ७ ठाउँमा विजय हाँसिल गरेको छ । माओबादी केन्द्रले ६ ठाउँमा जितेको छ । एउटा गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारले समेत जितेका छन् ।

मंगलवार विहानैदेखि विजयी उम्मेदवारको नाम आउन थालिसकेको छ ।

प्राप्त नतिजा अनुसार –

कांग्रेसले जितेका स्थानीय तह

नाशोङ गाउँपालिका, मनाङ
नार्फु गाउँपालिका, मनाङ
थासाङ गाउँपालिका, मुस्ताङ
लोमन्थाङ गाउँपालिका, मुस्ताङ
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
कुशे गाउँपालिका, जाजरकोट
बुङदीकाली गाउँपालिका, नवलपरासी
तमानखोला गाउँपालिका, बाग्लुङ
डुंगेश्वर गाउँपालिका, दैलेख


एमालेले जितेका स्थानीय तह

ठूली भेरी नगरपालिका, डोल्पा
नेस्याङ गाउँपालिका, मनाङ
घरपझोङ गाउँपालिका, मनाङ
काइके गाउँपालिका, डोल्पा
शे–फोक्शुण्डो गाउँपालिका, डोल्पा
चामे गाउँपालिका, मनाङ
शिवालय गाउँपालिका, जाजरकोट

माओवादी केन्द्रले जितेका स्थानीय तह

सानीभेरी गाउँपालिका, रुकुम
गुठचौर गाउँपालिका, जुम्ला
हिमा गाउँपालिका, जुम्ला
सान्नी त्रिवेणी गाउँपालिका कालिकोट
मुड्केचुला गाउँपालिका, डोल्पा
जगदुल्ला गाउँपालिका, डोल्पा

स्वतन्त्रले जितेको स्थानीय तह

तेञ्जोङ छिरिङ, मुस्ताङ

salt training

कमेन्ट गर्नुहोस्