०१ असार २०८३, सोमबार

वडावडामा बन्दै आफ्नै भवन

पुस १६, २०७७
वडावडामा बन्दै आफ्नै भवन
प्रतिकात्मक तस्वीर

बाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा ६ वटा वडा कार्यालयको भवन निर्माण कार्य जारी छ ।

अहिले भाडाको घरमा र अरु विभिन्न संघसंस्थाका भवनमा कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता भोग्दै आएकाले ६ वटा वडामा नयाँ भवन निर्माण कार्य जारी रहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

वडा नम्बर १, २, ४, ५, ६ र ७ नम्बर वडा कार्यालयका भवन निर्माण कार्य जारी छ । गाउँपालिकाले आफ्नै लगानीमा ६ वटा वडा कार्यालय भवन निर्माण गरेर भाडाको घरबाट सर्ने तयारी गरेको हो । वडा कार्यालयका भवन निर्माणका लागि चालु आर्थिक वर्ष २०७७/०७८ को बजेटमा गाउँपालिकाले १ करोडका दरले ५ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

१ करोड जिल्ला समन्वय समिति मकवानपुरले १ वडा कार्यालय भवन निर्माण गर्न सहयोग गरेपछि ६ वटा वडा कार्यालयको भवन निर्माण भइरहको अध्यक्ष उप्रेतीले बताए ।

ठेक्कामार्फत वडा कार्यालयको भवन निर्माण भइरहेको हो । ६ वटामध्ये एउटा भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । अरु ५ वटा वडा कार्यालयका भवन धमाधम निर्माण भइरहेका छन् ।

मनहरी गाउँपालिकामा ९ वटा वडा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्