०२ असार २०८३, मंगलबार

अवैध काठसहित अटोरिक्सा चालक पक्राउ

पुस १६, २०७७
अवैध काठसहित अटोरिक्सा चालक पक्राउ
प्रतिकात्मक तस्वीर

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ बाट प्रहरीले म१ह ४८९ नम्बरको अटोरिक्सामा अवैध काठ ओसारपसारमा संलग्न १८ वर्षीय गोविन्द सार्कीलाई पक्राउ गरेको छ ।

अटोरिक्सामा अवैध काठ ओसारपसार भइराखेको विशेष सूचनाका आधारमा प्रहरीले सालका ३ वटा गोलिया (७.३९ क्यूविक फुट) सहित सार्कीलाई पक्राउ गरेको हो ।

अटोरिक्सामा काठसहित पक्राउ परेका सार्कीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्