१७ असार २०८३, बुधबार

कहिलेसम्म खेल्छन् रोनाल्डो ? छिट्टै संन्यास लिने छैन प्लान

पुस १६, २०७७
कहिलेसम्म खेल्छन् रोनाल्डो ? छिट्टै संन्यास लिने छैन प्लान

विश्वका महानतम फूटबलरमध्येका एक क्रिस्टियानो रोनाल्डो आउँदो फेब्रुअरीमा ३६ वर्षका हुनेछन् । 
 

युभेन्टस क्लब र पोर्चुगलका सुपरस्टारले हालै एक अन्तर्वार्तामा भने, ‘म अहिले पनि राम्रो अनुभव गरिरहेको छु । फुर्तिलो छु र जीवनको राम्रो चरण चलिरहेको छ ।’

उनले थपे, ‘म अझै थुप्रै वर्ष खेल्ने आशा छ । तर भविष्यमा के हुन्छ कसले भन्न सक्छ र ?’
 

युभेन्टससँग रोनाल्डोको सम्झौता सन् २०२२ मा सकिँदैछ । त्यसपछि पनि उनले संन्यास लिने योजना छैन । 

रोनाल्डोले भने, ‘तपाईंलाई खेल्ने प्रेरणा प्राप्त भइरहन्छ भने संन्यास छिट्टै लिनुपर्छ भन्ने छैन । म युवाहरूलाई पनि क्षणको आनन्द उठाउनका लागि सल्लाह दिइरहेको हुन्छु किनकि भोलि के हुन्छ कसैलाई थाहा छैन ।’

salt training

कमेन्ट गर्नुहोस्