२३ असार २०८३, मंगलबार

आफूविरुद्ध लागेको भन्दै १५ प्रदेश सांसदलाई मुख्यमन्त्री राईले गरे कारवाही

आफूविरुद्ध लागेको भन्दै १५ प्रदेश सांसदलाई मुख्यमन्त्री राईले गरे कारवाही
फाइल फोटो

प्रदेश १ का मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईले आफूविरुद्ध लागेको भन्दै प्रदेश सभाका १५ सदस्यलाई तीन महिनाका लागि निलम्बन गरेका छन् ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राईले यस्तो कदम चालेका हुन् ।

राईद्वारा जारी विज्ञप्तिमा भीम आचार्य, राजेन्द्र कुमार राई, टंक आम्बुहाङ, कुलप्रसाद साम्बा, सावित्रा कुमारी रेग्मी, लिलाबल्लभ अधिकारी, मोहनकुमार खड्का, इन्द्रबहादुर आङ्वो, कुसुमकुमारी श्रेष्ठ, सरिता थापा, धिरेन्द्र शर्मा, जीवन घिमिरे, यशोधा अधिकारी, लक्ष्मण तिवारी र विजयकुमार विश्वासलगायतलाई ३ महिनाका लागि निलम्बन गरिएको उल्लेख छ ।

यसअघि प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले राईलाई संसदीय दलको नेताबाट हटाएर भीम आचार्यलाई नेता चयन गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्