२२ जेठ २०८३, शुक्रबार

'पोर्न' हेर्नेमा भारत पहिलो नम्बर

'पोर्न' हेर्नेमा भारत पहिलो नम्बर

संसारभरि स्मार्टफोनले बजार लिइरहँदा त्यसमा पोर्न हेर्नेको संख्या बढिरहेको छ । सन् २०१९ मा स्मार्टफोनमा पोर्न हेर्ने विषयमा भारत सबभन्दा अगाडि छ । 

नयाँ प्रतिवेदनमा लेखिएअनुसार, भारतमा ८९ प्रतिशत मानिसले मोबाइल डिभाइसमा पोर्न हेरे । 

पोर्नहबका अनुसार, संसारमा प्रत्येक चारमा तीन मानिस मोबाइलमा पोर्न हेर्छन् । पोर्न हेर्नका लागि डेस्कटप र ल्यापटप जस्ता डिभाइस मानिसहरूका लागि दोस्रो छनोट बन्न थालेका छन् । सन् २०१९ मा विश्वस्तरमा पोर्नहबको मोबाइल ट्राफिक ७७ प्रतिशत पुग्यो । एक वर्षअघिको तुलनामा यो १० प्रतिशत बढी हो । 

मोबाइलमा पोर्न हेर्ने विषयमा अमेरिका ८१ प्रतिशतका साथ दोस्रो नम्बरमा अनि ब्राजिल ७९ प्रतिशतका साथ तेस्रो नम्बरमा छ । जापानमा ७० प्रतिशत मानिस पोर्नहबमा मोबाइलबाट पुगे भने बेलायतमा ७४ प्रतिशत मानिसले मोबाइलमा पोर्न हेरे । 

पोर्नहबको ईयर इन रिभ्यु रिपोर्टमा खुलासा भएअनुसार सन् २०१३ मा पोर्नहबको कुल ट्राफिकमा मोबाइल ट्राफिक जम्मा ४० प्रतिशत थियो । 

सस्तो डेटा प्लान र स्मार्टफोनको मूल्य घटेसँगै भारतमा मोबाइलमा पोर्न हेर्नेको संख्या बढेको छ । भारतमा ४५ करोडभन्दा बढी स्मार्टफोन प्रयोगकर्ता छन् । सस्तो डेटा प्लानका कारण प्रयोगकर्ताहरूका लागि मोबाइलमा इन्टरनेट सर्फिङ सहज बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्