१५ असार २०८३, सोमबार

घट्यो कोरोना संक्रमितको संख्या, पछिल्लो चौबीस घण्टामा जम्मा ५३४ जनामा संक्रमित

घट्यो कोरोना संक्रमितको संख्या, पछिल्लो चौबीस घण्टामा जम्मा ५३४ जनामा संक्रमित

पछिल्लो २४ घण्टामा छ हजारमा पिसिआर परीक्षण गर्दा ५३४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये १९६ महिला र २३८ पुरुष रहेका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ३७८ रहेको

छ । गत २४ घण्टामा ४४७ जना निको भएका छन् भने कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५२ अजार ३५९ पुगेको छ ।

हालसम्म नेपालमा दुई लाख ६० हजार ५९३ जना कोरोना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा थप नौ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ८५६ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्