
काठमाडौं, २ जेठ–जारी मतगणनाको ताजा मतपरिणामअनुसार काठमाडौं महानगरपालिकाको मेयरका लागि कांग्रेसका उम्मेदवार उम्मेदवारले अग्रता लिएका छन् ।
अहिलेसम्म भएको मतगणनाअनुसार कांग्रेसका उम्मेदवार राजुराज जोशी ३२१ मत प्राप्त गरेका छन् । यसअघि एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले अग्रता लिइरहेकोमा अहिले कांग्रेस अगाडि आएको हो ।
एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले भने ३१४ मत ल्याएका छन् । यसअघि कांग्रेसका उम्मेदवार भन्दा पनि अगाडि आएका साझा पार्टीका उम्मेदवार किशोर थापाले १९८ मत ल्याएका छन् ।
विवेकशील नेपाल पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले १९० मत ल्याउँदा माओवादीका सर्वोत्तम डंगोलले २५ मत मात्रै प्राप्त गरेका छन् ।
याे पनि,