
कोरोना भाइरसका कारण पूरै दुनियाँमा लकडाउन लागू गरिएको थियो । केही देशमा अझै लकडाउन जारी नै छ ।
मानिस कुनै पनि बन्धनमा लामो समय बस्न सक्दैन । तर, यति लामो समय घरभित्रै बस्दा रोजगारी गुमाउनु मात्रै होइन, लकडाउनबाट मानिसहरु आक्रामक पनि बनेका छन् ।
कैयौं क्षेत्रमा त लकडाउनबाट मानिसहरु कतिसम्म दिक्क भएका छन् भन्ने उनीहरुको क्रियाकलापबाटै स्पष्ट हुन्छ । रुपमा यस्तै आश्चर्यचकित पार्ने घटना देखिएको छ ।
सामाजिक दूरीको नियमबाट दिक्क भएका मानिसहरुले यसको विरोध जनाउन रेलमै सामूहिक चुम्बन गरेका छन् ।
चलिरहेको रेलमा कैयौं जोडीले चुम्बन(किस) गर्दै आफ्नो विरोध देखाएका छन् । यीमध्ये केहीले लाइफ वेबसाइटसँग कुरा गर्दैभने, ‘हाम्रो उदेश्य कसैको भावनामा चोट दिनु होइन, न कुनै सार्वजनिक सेवालाई खराब देखाउन र्नै हो ।’
धेरै संगीतकारहरुले कोरोनाबाट लगाइएको लकडाउनविरुद्ध आवाज उठाइरहेका छन्। ‘हाम्रो विरोध यो अत्यासलाग्दो लकडाउनप्रति हो । हामी म्यूजिक इन्डस्ट्रीसँग निकै प्रेम गर्छौं ।’
यो समूहसँग जोडिएका मानिसहरुले सरकारका हिसाबले कोरोना भाइरस विभिन्न कन्सर्ट र हाटदबाट बढी जोखिमपूणए भएको भन्ने अभिव्यक्ति उपयुक्त नभएको बताएका छन् ।
अन्य क्षेत्रमा भीडभाडमा यात्रा गरिरहे पनि सरकारले त्यतातिर ध्यान नदिएको उनीहरुको गुनासो छ । त्यसैले सांकेतिक विरोधस्वरुप रेलभित्र चुम्बन गरेर विरोध गरेको बताएका छन् ।