०४ असार २०८३, बिहीबार

हमासको पत्रको स्वागत

पुस १८, २०७७
हमासको पत्रको स्वागत

प्यालेष्टिनी राष्ट्रपति मोहमद अब्बासले प्यालेष्टिनीहरूको आन्तरिक विभाजनलाई अन्त्य गर्दै प्यालेटिनी भूभागमा निर्वाचन गर्ने इस्लामिक हमास मुभमेन्टको पत्रको स्वागत गरेको प्यालेस्टाइनको राज्य सञ्चालित समाचार एजेन्सी वाफाले शनिबार जनाएको छ ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको एक विज्ञप्तिमा हमासको विवाद अन्त्य, साझेदारी निर्माण, र राष्ट्रिय एकता हासिल गर्ने पत्रमा आएको कुरालाई राष्ट्रपतिले स्वागत गरेको उल्लेख गरिएको छ ।

अब्बासले प्यालेस्टिनीको केन्द्रीय चुनाव आयोगका अध्यक्ष हाना नासेरलाई निर्वाचन सम्पन्न गर्न सम्बन्धित आदेश जारी गर्ने प्रक्रियामा छलफल गर्नसमेत आमन्त्रित गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्