
विश्वभरका कैयौं देशले कोरोना भलै कोरोना भ्याक्सिन तयार पारेका होलान तर कुन व्यक्तिमा कोरोना संक्रमण छ र कसमा छैन भन्ने पत्ता लगाउन केही समय जान्छ ।
यही समस्यालाई मध्यनजर गर्दै टर्किसको एक विश्वविद्यालयका वैज्ञानिकले एक नयाँ तरिका आविस्कार गरेका छन् ।
जसको सहयोगले अब मात्र १० सकेन्डमै कोरोना पोजेटिभ बिरामीको पहिचान गर्न सकिनेछ ।
विल्केन्ट विश्वविद्यालयका सोधकर्ताले यस डायन्नोस्किट किटलाई डायग्नोवीर नाम दिएका छन् ।
कोरोना संक्रमण पत्ता लगाउनका लागि यस किटमा न्यानो टेक्नोलोजीको प्रयोग गरिएको वैज्ञानिकले बताएका छन् ।
यसको प्रयोगबाट मात्र १० सकेन्डमै परिणाम थाहा पाउन सकिनेछ । उनीहरुले जाँच प्रक्रियाबारे जानकारी दिँदै सबैभन्दा पहिला संक्रमितको मुखबाट स्वाबको नमुना लिइने बताएका छन् ।
त्यसपछि स्वाबलाई एक केमिकलसँग मिलाइन्छ र प्याथोजन डिटृक्सन चीपमा जोडिन्छ ।
यसपछि चीप अप्टिकल प्रक्रियामार्फत स्याम्पलको जाँच गर्दछ । तपाइँलाई एक बीप सिग्नलका माध्यमबाट पोजेटिभ या नेगेटिभ भन्ने रिपोर्ट दिने गर्दछ ।
विल्केन्ट विश्वविद्यालयका रेक्टर अब्दुल्ला अतलारले भने, ‘कोरोना भाइरसको रिपोर्ट पोजेटिभ भएपछि यो चीपले १० सेकेन्डमै रिपोर्ट दिनेछ । संक्रमित नभएको खण्डमा भने २० सकेन्डमा रिपोर्ट आउनेछ ।’