
मध्यप्रदेशमा एक हैरान गर्नेवाला समाचार सार्वजनिक भएको छ । यहाँका एक युवकले गत मंगलबार राति आफ्ना ४५ वर्षीय छिमेकीको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।
यसपछि प्रहरीले हत्या आरोपी सज्जु कोलको खोजी शुरु गरेको थियो । यो घटना रामनगर थाना क्षेत्रको बम्हनाडी गाउँको हो ।
बुधबार बिहान गाउँबाहिरको बाँध नजिकबाट आरोपी सज्जु कोललाई नियन्त्रणमा लिएको छ ।
प्रहरीको सोधपुछका क्रममा कोलले आफ्नी पत्नी र मृतक महेशबीच अवैध सम्बन्ध रहेको बताएका छन् ।
यसको जानकारी पाएसँगै आफू पागलजस्तै भएको र रिसको झोँकमा छिमेकीको हत्या गरेको बताएका छन् ।
तर, पहिले आफूले शान्त तरिकाले छिमेकीलाई सम्झाए पनि उनले नमानेको कोलले बताएका छन् ।
उनले भने, ‘कैयौंपटक सम्झाउँदा पनि उनले मानेनन् । मेरै अगाडि उनीहरु यौन सम्बन्ध राख्ने कुरा गर्न थाले । त्यसपछि मैले सहन गर्न सकिन र हत्या गर्न पुगेँ ।’
उनले बञ्चरो प्रहार गरी निर्मम हत्या गरेका हुन् । अहिले उनलाई अदालतले जेल पठाएको छ ।