२५ जेठ २०८३, सोमबार

पार्टी बचाउन महासचिव र मैले प्रयत्न गर्‍यौं, प्रचण्डका कारण सफल हुन सकेन– शंकर पोखरेल

पार्टी बचाउन महासचिव र मैले प्रयत्न गर्‍यौं, प्रचण्डका कारण सफल हुन सकेन– शंकर पोखरेल
फाइल फोटो

नेकपा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी विभाजन रोक्नका लागि आफू र महासचिव विष्णु पौडेलले भगीरथ प्रयत्न गरेपनि असफल भएको बताएका छन् । 

आफूहरूले देखाएको सदाशयतालाई वास्ता नगरेपछि नेकपा विभाजनको मुखमा पुगेको र यसको मुख्य जिम्मेवार प्रचण्ड भएको उनले दाबी गरे । 

‘पार्टी महासचिव र मैले प्रयास गर्‍यौं, अनेकन विकल्प सुझायौं । संकटमा नपरोस् भन्नका लागि भगीरथ प्रयत्न गर्‍यौं । हामीले देखाएको सदाशयतालाई वास्ता नगरेपछि, त्यसको मुख्य जिम्मेवार प्रचण्ड नै हो,’ रुपन्देही जिल्लास्तरीय स्तरीय अगुवा कार्यकर्ता भेलालाई आइतवार बुटवलमा सम्बोधन गर्दै पोखरेलले भने । 

प्रचण्डले केपी शर्मा ओलीमाथि लगाएको आरोप पत्र फिर्ता लिन तयार भएको भए पार्टी एकता संकटमा नपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्