२८ जेठ २०८३, बिहीबार

पोदरेज स्टिलद्वारा टिचिङ अस्पताललाई ‘बेड’ हस्तान्तरण

पोदरेज स्टिलद्वारा टिचिङ अस्पताललाई ‘बेड’ हस्तान्तरण

स्टिलका सामग्रीहरू उत्पादन गर्ने पोदरेज स्टिल एन्ड आइरन इन्डस्ट्रिजले त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल)लाई बेड हस्तान्तरण गरेको छ ।

हेल्थ इक्युपमेन्टअन्तर्गत उद्योग आफैंले निर्माण गरेको बेड अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेको उपस्थितिमा एक कार्यक्रमका बीच शुक्रबार हस्तान्तरण गरिएको हो । 

समयको माग अनुसार मेडिकल प्रयोजनका लागि उद्योगले हेल्थ इक्युपमेन्ट निर्माण शुरू गरेको जानकारी दिँदै पोदरेजका प्रबन्ध निर्देशक प्रमोद गौतमले सामाजिक उत्तरदायित्व बहन गर्दै टिचिङ अस्पताललाई बेड हस्तान्तरण गरिएको बताए ।

उनले भने– ‘हामिले विशुद्ध नेपाली उद्योगको रूपमा स्थापना गरी आफ्नै फ्याक्ट्रिबाट हेल्थ इक्युपमेन्ट उत्पादन गर्न सफल भएका छौं र अस्पताललाई स्वदेशमै निर्मित बेड हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ ।’ 

अस्पतालका कार्यकारी निर्देशक डा. काफ्लेले पोदरेजले अस्पतालका लागि बेड उपलब्ध गराएकोमा खुशी व्यक्त गर्दै उद्योगको सफलताको कामना गरे ।

डा. काफ्लेले आगामी दिनमा अस्पतालको आवश्यकताअनुसार स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै पोदरेजसँग बेडलगायतका सामग्रीहरू खरिदमा सहकार्य गरिने बताए ।

उनले भने– ‘हाम्रो प्राथमिकता पनि स्वदेशमै उत्पादन गरिएका सामग्री प्रयोग गरौं भन्ने हो, यदि पोदरेजले हामीले भनेजस्तो सामग्री उत्पादन र वितरण गर्न सक्ने हो भने सहकार्य गर्न सकिनेछ ।’  

पारिवारिक उद्योगको रूपमा सन् १९७२ मा स्थापना भएको पोदरेज स्टिल एण्ड आइरन इन्डस्ट्रिजले ४८ बर्षको अवधिमा थुप्रै सामाजिक योगदान गरिसकेको छ  ।

यस अवधिमा उद्योगले नेपाल शाही संगठन नामक संस्थामार्फत देशका विभिन्न ठाउँमा विद्यालय बनाउन, दुरदराजका बस्तीमा खानेपानीको व्यवस्थापन गर्न सहयोग पुर्‍याउँदै आएको छ ।

नेपालमा स्टिलका सामग्री उत्पादन गर्ने पोदरेज सबैभन्दा ठूलो स्वदेशी उद्योग हो ।

पहिला घरायसी प्रयोजनको लागि दराज लगायतका सामग्री उत्पादन हुँदै आएकोमा हाल अफिसियल, हेभी सेक्युरिटी इक्युपमेन्ट(जसमाः बैंक लकर, फायर प्रुभ सेभ, फायर प्रुफ फायलिङ क्याबिनेट लगायत) र सिटिङ सिस्टमका सामग्रीहरू उत्पादन तथा बिक्री वितरण गर्दै आएको प्रबन्ध निर्देशक गौतमले जानकारी दिए । उनले पोदरेजका सामान देशैभर सहजै उपलब्ध रहेको बताए ।

उपत्यकामा ८ वटा विक्रि केन्द्र रहेको पोदरेजले विराटनगर र पोखरामा पनि आफ्नै बिक्री केन्द्र सञ्चालन गरिरहेको छ भने छिट्टै नै चितवन नारायणगढमा पनि विक्रि केन्द्र संचालनमा आउने गौतमले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्