
काठमाडौं, २ जेठ– आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहेको छ ।
केही स्थान बाहेकका स्थानीय तहमा मतगणना जारी रहेको अवस्थामा एमाले १२ स्थानमा जीत हात पार्दै अग्रस्थानमा देखिएको छ उसले ८५ स्थानीय तहमा अग्रता लिइरहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ११ स्थानमा जीत हात पार्दा ८७ स्थानमा अग्रता लिएको छ ।
माओवादी केन्द्रले १० स्थानमा जीत हात पार्दै ४४ स्थानमा जीत निकालेको छ । त्यस्तै स्वतन्त्रले २ स्थानमा जितेका छन् । कुन कुन पार्टीले कुन स्थानीय तहमा जीत निकालेका छन् त ?
एमालेले जितेका स्थानीय तह देवघाट गाउँपालिका, तनहु
गोसाइकुण्ड गाउँपालिका, रसुवा
चामे गाउँपालिका, मनाङ
नेस्याङ गाउँपालिका, मनाङ
घरपझोङ गाउँपालिका, मनाङ
काइके गाउँपालिका, डोल्पा
शे–फोक्शुण्डो गाउँपालिका, डोल्पा
ठूली भेरी नगरपालिका, डोल्पा
शिवालय गाउँपालिका, जाजरकोट
मादी गाउँपालिका , कास्की
महाङ्काल गाउँपालिका, जाजरकोट
घरपझोङ गाउँपालिका, मुस्ताङ
कांग्रेसले जितेका स्थानीय तहपासिंजा गाउँपालिका, जुम्ला
तारासी गाउँपालिका, जुम्ला
नाशोङ गाउँपालिका, मनाङ
नार्फु गाउँपालिका, मनाङ
थासाङ गाउँपालिका, मुस्ताङ
लोमन्थाङ गाउँपालिका, मुस्ताङ
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
कुशे गाउँपालिका, जाजरकोट
बुङदीकाली गाउँपालिका, नवलपरासी
तमानखोला गाउँपालिका, बाग्लुङ
डुंगेश्वर गाउँपालिका, दैलेख
माओवादी केन्द्रले जितेका स्थानीय तहमरिण गाउँपालिका, सिन्धुली
कोन्ज्योसोम गाउँपालिका, ललितपुर
सानीभेरी गाउँपालिका, रुकुम
गुठचौर गाउँपालिका, जुम्ला
हिमा गाउँपालिका, जुम्ला
सान्नी त्रिवेणी गाउँपालिका कालिकोट
मुड्केचुला गाउँपालिका, डोल्पा
जगदुल्ला गाउँपालिका, डोल्पा
दर्मा गाउँपालिका, सल्यान
ताँजाकोट गाउँपालिका, हुम्ला
डोल्पो बुद्ध गाउँपालिका, डोल्पा, स्वतन्त्र
दालोमे गाउँपालिका, मुस्ताङ