१३ असार २०८३, शनिबार

‘अध्यक्ष र महासचिवविनाको पार्टी आधिकारिक हुन्छ ? प्रचण्ड–नेपालसँग पार्टी फुटाउन पनि मत पुग्दैन’

‘अध्यक्ष र महासचिवविनाको पार्टी आधिकारिक हुन्छ ? प्रचण्ड–नेपालसँग पार्टी फुटाउन पनि मत पुग्दैन’

नेकपा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षसँग पार्टी विभाजनका लागि ४० प्रतिशत पनि बहुमत नभएको दाबी गरेका छन् । केपी ओली उभिएको पार्टी नै आधिकारिक हुने उनको भनाइ छ ।

रुपन्देही जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई आइतवार सम्बोधन गर्दै पोखरेलले प्रथम अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक भएको दाबी गरेका हुन् । 

‘पार्टीको संस्थापन को हो ? जुन पार्टीमा प्रथम अध्यक्ष र महासचिव छ, त्यही नै आधिकारिक हो । द्वितीय अध्यक्ष रहेको र महासचिव नभएको पार्टी कहीँ आधिकारिक हुन्छ ?’ पोखरेलले भने । 

केन्द्रीय कमिटीका सदस्यहरूको हैसियत मनोनित भएकाले त्यसैलाई देखाएर बहुमत–अल्पमत भन्नु उचित नभएको उनको तर्क छ ।

नेकपा एकताका बेला पूर्व एमालेको मनोनयन ओली र पूर्व माओवादी पक्षको मनोनयन प्रचण्डले गरेको उनले बताए ।

‘निर्णयको प्रमाणीकरण गर्ने महासचिव हामीसँग हुनुहुन्छ । प्रथम अध्यक्षले पार्टी रक्षाका लागि केन्द्रीय सदस्य ११ सय ९९ बनाउनुभयो । खासमा भन्ने हो भने प्रचण्ड–माधवले पार्टी फोड्न पनि सक्नुहुन्न । त्यसअर्थमा ओली जहाँ उभिनुभएको छ, त्यही आधिकारीक पार्टी हो ।’ 

salt training

कमेन्ट गर्नुहोस्