०२ असार २०८३, मंगलबार

संसद् विघटनविरुद्ध कांग्रेसले गर्‍यो देशव्यापी विरोध प्रदर्शनको घोषणा

संसद् विघटनविरुद्ध कांग्रेसले गर्‍यो देशव्यापी विरोध प्रदर्शनको घोषणा
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार बसेको केन्द्रीय समिति बैठकले पुस २५ गते ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने, माघ ३ गते ७ सय ५३ वटै स्थानीय तह र माघ ८ गते सबै वडाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको एक केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए ।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएको थियो ।

कांग्रेसले संसद् विघटनलाई गैर-संवैधानिक र अलोकतान्त्रिक ठहर गरेपनि आन्दोलनका कार्यक्रम घोषणा गर्न नसकेको भन्दै आरोप खेप्दै आएको थियो । 

आज बसेको केन्द्रीय कमिटी बैठकले देशव्यापी विरोधका कार्यक्रम तय गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्