०२ असार २०८३, मंगलबार

अमेरिका : संसद्की सभामुख र माथिल्लो सदनका नेताको घरमा पोतियो नारा, राखियो सुँगुरको टाउको

पुस १९, २०७७
अमेरिका : संसद्की सभामुख र माथिल्लो सदनका नेताको घरमा पोतियो नारा, राखियो सुँगुरको टाउको

अमेरिकामा माथिल्लो सदन सिनेटका नेता मिच मककोनेल र तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीको घरमा बदमासहरूले अँगार र नक्कली रगतले भित्तामा पोत्ने तथा सुँगुरको टाउको राख्ने काम गरेका छन् । 
 

केन्टकीस्थित लुइसभिलमा रहेको मककोनेलको घरको मूल ढोका र झ्यालमा ‘मेरो पैसा खै’ र ‘गरीबमारा मिच’ पोतिएको थियो । 

सान फ्रान्सिस्कोमा रहेको पेलोसीको घरबाहिर सुँगुरको टाउको र नक्कली रगत राखिएको स्थानीय सञ्चारमाध्यमले लेखेको छ । 

उनको गाडी राख्ने गराजको ढोकामा टुके अर्थात् दुई हजार डलर लेखेर त्यसलाई काटिएको छ अनि भाडा माफ गर र हामीलाई सबैथोक चाहिन्छ लेखिएको छ । 
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
 

अमेरिकीहरूका लागि कोभिड–१९ आर्थिक राहत प्याकेजका विषयमा रिपब्लिकन र डेमोक्रेट नेताहरूबीच तीव्र वादविवाद भएको अवस्थामा यस्तो काम गरिएको हो । 

लामो समयदेखि प्रतीक्षा गरिएको ९०० अर्ब डलर बराबरको महामारी राहत प्याकेज क्रिसमसको अघिल्लो दिन स्वीकृति दिइएको थियो । तल्लो सदनले सहायता रकम ६०० डलरबाट बढाएर २ हजार डलर पुर्‍याएको थियो । 

तर माथिल्लो सदन सिनेटले यो वृद्धिलाई स्वीकार गरेको छैन जबकि राष्ट्रपति डोनल्ड ट्रम्पले स्वीकृतिका लागि कडा दबाब दिइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्