
विश्वभर काेराेना भाइरसका संक्रमितकाे कुल संख्या ८ कराेड ४५ लाख भन्दा बढी पुगेकाे छ । साथै हालसम्म काेराेनाबाट १८ लाख तीन हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।
जाेन हप्किन्स विश्वविद्यालयले याे जानकारी दिएकाे हाे । विश्वविद्यालयकाे सेन्टर फर सिस्टम साइन्स एण्ड इन्जियरिङ (सीएसएसई)ले बिहान नयाँ अपडेट जानकारी गराउँदै काेराेना संक्रमितकाे कुल संख्या ८ कराेड ४५ लाख १७ हजार ९ सय ८९ पुगेकाे जनाएकाे छ ।
सीएसएसईका अनुसार अमेरिका विश्वकाे सबैभन्दा बढी काेराेनाबाट प्रभावित देश रहेकाे छ । जहाँ २ कराेड ३९ लाखभन्दा धेरै संक्रमित छन् भने काेराेनाबाट यहाँ तीन लाख ५० हजार बढीकाे निधन भइसकेकाे छ ।
यस्तै भारतमा एक कराेड ३० लाख भन्दा बढी संक्रमित पाइएका छन् भने एक लाख ४९ हजार २ सय १८ जनाकाे मृत्यु भएकाे छ ।