२३ असार २०८३, मंगलबार

कोरोनाबाट विदेशमा थप तीन नेपालीको मृत्यु

कोरोनाबाट विदेशमा थप तीन नेपालीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट विदेशमा रहेका थप तीन जना नेपालको मृत्यु भएको छ ।

बेलायतमा एक र पोर्चुगलमा दुई जनाको मृत्यु भएको गैर आवासीय नेपाली संघले जानकारी दिएको छ । 

यो सँगै हालसम्म विदेशमा मृत्यु हुने नेपालीको संख्या ३२० पुगेको छ । 

संघका स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाले शनिबारसम्म विभिन्न देशमा रहेका ५३ हजार ३८५ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका छन् ।

तीमध्ये पनि ५० हजार ६५६ जना कोरोना मुक्त भएका छन् । 

यस साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना सङ्क्रमण देखिएको गैरआवासीय नेपाली संघ, कोभिड– १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्