०९ साउन २०८३, शनिबार

नेपालमा खोप आउन अझै तीन महिना लाग्ने

नेपालमा खोप आउन अझै तीन महिना लाग्ने

हाल विश्वका धेरै मुलुकहरुले कोरोना विरुद्धको भ्याक्सिन वितरण गरिरहेका बेला नेपालमा भने भ्याक्सिन आउन अझै केही समय लाग्ने देखिएको छ । 

हाल विश्वका केही मुलुकहरुले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ ।

विभिन्न मुलुकमा तीव्र रूपमा खोप वितरण समेत जारी छ । गैर आवासीय स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाले नेपालमा भने अप्रिल महिनादेखि मात्रै कोराना भ्याक्सिन आउन सक्ने सम्भावना रहेको जानकारी दिए । 

खोप नआउँदासम्म भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन नै उचित हुने बताइएको छ । बेलायतलगायतका मुलुकमा देखा परेको कोरोना भाइरसको नयाँ प्रकारको भाइरस छिमेकी मूलुक भारतमा पनि फैलिँदै गएकोले नेपालमा पनि उच्च सावधानीको आवश्यकता समितिले औंल्याएको छ ।

भारतसहित बेलायत, युरोपेली मुलुक, अमेरिकालगायत नयाँ प्रकारको भाइरस देखा परेका देशमा बसोबास गर्ने नेपालीलाई पनि सचेत रहन समितिले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्