०१ असार २०८३, सोमबार

दुई साताभित्र केजीएफ–२ को सुटिङ पूरा हुने

पुस १९, २०७७
दुई साताभित्र केजीएफ–२ को सुटिङ पूरा हुने

साउथ फिल्मका सुपरस्टार यशका फ्यानका लागि खुशीको खबर सार्वजनिक भएको छ ।

करिब दुई वर्षदेखि निकै पर्खाइमा रहेको केजीएफ च्याप्टर दुईको सुटिङ अन्तिम चरणमा पुगेको छ । 

निर्माण पक्षले अबको दुई साताभित्रै फिल्मको पूरै सुटिङ सकिने जानकारी दिएको छ । अब एक दृश्यको मात्रै सुटिङ गर्न बाँकी रहेको छ ।

जनवरीको दोस्रो सातामै फिल्मको अन्तिम सेड्युल पूरा हुने बताइएको छ । 

कोरोना महामारीका कारण रोकिएको फिल्मको सुटिङ गत अक्टुबरदेखि पुनः शुरु भएको थियो ।

यशको नजिकका शुत्रका अनुसार लामो समयदेखि उनले क्लाइम्याक्स सुटिङ गरिरहेका छन् । 

केजीएफ दुई जहाँ भाग एकमा सकिएको थियो त्यहीँबाट शुरु हुने बताइएको छ ।

पार्ट दुईमा यश सञ्जय दत्त र रविना टन्डनका साथ महत्वपूर्ण भूमिका निभाउँदै गरेको देख्न सकिनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्