२८ जेठ २०८३, बिहीबार

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जाँदै

पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जाँदै
फाइल फोटो

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सोमवार भारत जाने भएका छन् ।

आफ्नी श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड भारत जाने भएका हुन् ।

आफू भारत जाने कुरा उनले आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकलाई जानकारी गराएको योगेश भट्टराईले लोकान्तरलाई बताए ।

प्रचण्डपत्नी दाहाल लामो समयदेखि अस्वस्थ रहँदै आएकी छन् । पार्किन्सनको बिरामी रहेकी सीता सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन् ।

सीतालाई उपचारका लागि यसअघि भारत र थाइल्याण्ड लगायतका अस्पतालमा लगिएको थियो ।

केही दिनअघि मात्र उनलाई राजधानीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्