०४ साउन २०८३, सोमबार

कंगनाले यी कलाकारमाथि आतंकवाद फैलाएको आरोप लगाइन्

पुस १९, २०७७
कंगनाले यी कलाकारमाथि आतंकवाद फैलाएको आरोप लगाइन्

बलिउड क्वीन कंगना रनौत आफ्नो अभिनयका साथै सामाजिक सञ्जालमा दिने अभिव्यक्तिका कारण पनि सँधै चर्चामा आइरहन्छिन् ।

कंगना सामाजिक सञ्जालमा देशको राजनीति र अन्य क्षेत्रसँग जोडिएका कैयौं विषयबाट बोल्दै आएकी छन् । 

गएको वर्ष कंगना निकै आलोचित बनिन् । उनीविरुद्ध विभिन्न राजनीतिक दलदेखि बलिउडका कैयौं सेलिब्रेटीले मोर्चाबन्दी नै गरे । उनीविरुद्ध अहिले पनि अदालतमा कैयौं मुद्दा दर्ता भएका छन् । 

कंगनाले जेएनयूमा भएको प्रोटेस्टका साथै एन्टी सीएए विरोधका लागि अनुराग कश्यप, दिपीका पादुकोण, स्वरा भास्कर र तापसी पन्नुले विरोध जनाउँदै आएका छन् ।

कंगनाले उनीहरुविरुद्ध ट्वीट गर्दै आतंकवादीसम्म भन्न भ्याएकी छन् । यसका साथै कंगनाले आफ्नो ट्वीटमा यी सेलिब्रेटी पनि आतंकवादीलाई बढावा दिन लागि परेको आरोप लगाएकी छन् । 

अहिले कंगना र अन्य सेलिब्रेटीबीच ट्वीटर वार चलिरहेको छ ।

कंगनाले पहिलो ट्वीटमा लेखेकी छन्, ‘बलिउड फिल्म उद्योगको एक अर्को नयाँ काण्ड खुलासा भएको छ । जेएनयूका छात्र र शाहीन बागको विरोधको समर्थन गर्ने मानिसले दंगा भड्काउने सहयोग गरेका छन् । तथाकथित अभिनेता र अभिनेत्री आतंकवादीभन्दा कम छैनन् । जाग्नुहोस् र हेर्नुहोस् ।’ 

यस्तै दोस्रो ट्वीमा कंगनाले दिपीका, स्वरा, अनराग र तापसीको तस्वीर शेयर गरेकी छन् ।

साथै त्यसमा लेखेकी छन्, ‘अब यही सावित हुन्छ कि जेएनयूका छात्र कसरी गलत सूचना फैलाउँछन् र सीएएको बारेमा झुठ बोल्दैछन् । उनीहरुले स्वीकार गरेका छन् कि घृणा, झुठ र आतंकवाद फैलाउन भाग लिएका छन् ।’

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि कंगना बलिउडका सेलिब्रेटीमाथि निरन्तर प्रहार गरिरहेकी छन् । उनी सामाजिक, मानसिक र राजीनितिक विषयमा आफ्नो धारणा राख्दै आएकी छन् । 

यसैबीच कंगनाले दिपीकालाई डिप्रेसशनको धन्धा चलाउने पनि बताएकी थिइन् । हालै कंगनाले मुम्बई फिर्ता आएपछि सिद्धिविनायक मन्दिरमा पूजा गरेकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्