
नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लगेका ७ जनालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।
फ्लाइ दुबईको उडानमार्फत युएईको दुबई जान लागेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारवाहीको महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको छ ।
पक्राउ परेका व्यक्तिहरु
जि.सल्यान खइरागर-०९ मुलखोला स्थायी वतन भएका राहदानी नम्बर ११५८०७६७ वाहक दिनेश सिंह,
जि.धनुषा भुचक्रपुर-९ स्थायी वतन भएका राहदानी नम्बर ०९७५३३२६ वाहक तेज नारायण महत्तो,
जि.धनुषा लक्ष्मीनिवास-९ स्थायी वतन भएका राहदानी नम्बर ०८८०१६९८ वाहक छेदी महत्तो,
जि.धनुषा बत्तेश्वर-९ स्थायी वतन भएका राहदानी नम्बर ०५६८९६१० वाहक सोलेन्द्र महत्तो,
जि.मकवानपुर चिसापानी-७ हेटौडा स्थायी वतन भएका राहदानी नम्बर ०८८१४६८६ वाहक रोशन प्रसाद आचार्य,
जि.अर्घाखाँची छत्रदेव-३ स्थायी वतन भएका राहदानी नम्बर ११९८३२६६ वाहक प्रविन भट्टराई,
जि.सिन्धुपाल्चोक लब्से-८ पा थाङपल स्थायी वतन भएका राहदानी नम्बर ११६११३६६ वाहक माइला तामाङ ।