०४ असार २०८३, बिहीबार

काठमाडौंको कालीमाटीमा मध्यरातमा श्रीमतीको घाँटी थिचेर हत्या

काठमाडौंको कालीमाटीमा मध्यरातमा श्रीमतीको घाँटी थिचेर हत्या

काठमाडौंमा कालीमाटीमा श्रीमतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका ठेचो घर भई कालीमाटी बस्ने २३ वर्षीय सुरज परियार रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पुस १७ गते राति साढे ११ बजेतिर सुरजकी श्रीमती २२ वर्षीया मिरा सुन्दास परियार कालीमाटीस्थित कोठा भित्र घाँटीमा सल कपडा बेरिई बेहोस अवस्थामा फेला फेला परेको दावीसहित उनकी दिदी रुपा सुन्दास समेतले वीर अस्पताल लगेकोमा  त्यही मृत्यु भएको थियो ।
सो घटनबारे जानकारी पाएपछि सुरजलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले हत्या गरेको स्वीकारेका हुन् ।
सुरजले आफ्नो श्रीमतीको घाँटीमा सल कपडाले बेरेर कसी, घाँटी थिची हत्या गरेको बयान दिएको जनाइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्